२१ कार्तिक २०८३, शनिबार

जसलाई बन्दले छोएन् (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goma-sunar

– बिश्वास खड्काथोकी

काठमाडौं, ३१ साउन । मध्यान्नको १२ बजेर केही मिनेट गैसकेको छ । सधै चकाचक हुने कामाडौं मल अगाडि, छिटपुत माइक्रो र केही हुल मानिसहरुको मात्र ओहोर दोहोर छ । खुलेर घामको प्रकाश पोखिए पनि, सदाजस्तो गाडि र, मानिसहरु भने पोखिएका छैनन् । त्यही मल अगाडि एकजना महिला चिच्याउँदै छिन्, ‘चक्रपथ, चक्रपथ, चक्रपथ… ।’ एक जना पुरुष हुर्रिदै आए र आगाडि बस्न कस्सीए । गोमाले पछाडि बस्न इसारा गरिन् र, उसरीनै चिच्याइन्, ‘दाई चक्रपथ जाने हो ?’

बन्दको दिन भएपनि गोमाले विहानैदेखि ट्याम्पोको ह्याण्डिल बटारी रहेकी छिन् । लाग्छ, उनलाई बन्दबारे थाहा नै छैन । बिगत ९ वर्षदेखि ट्याम्पो हाँकीरहेकी गोमाले आइतबार पनि बिनात्रास यात्रुलाई सुविधा दिइरहेकी छिन् । बन्दमा ट्याम्पो चलाउँदा डर लाग्दैन ?, गोमा साहसी बनिन्, ‘खै के का लागि डराउँनुु । कुनै चोकमा पनि बन्दकर्ता देखिदैनन् ।’

पहिलेको बन्दमा त उनी पनि चुप लागेर बसेकी थिइन् । तर, यसपाली जंगिएकी छिन् । भन्छिन्, ‘नेताहरुले आफ्नो स्वार्थका लागि बन्द गर्छन् । आफूलाई विहानबेलुकी हातमुख नजोडि सुख छैन ।’ उनले विहानदेखि चार ट्रिप हानिसकिन् । उनीसँग बेलुकीसम्मै ट्याप्पो चलाउने आँट छ ।

सडक प्राय खाली खाली छन् । तर, निशंकोच त्यही सडकमा ट्याम्पो हाँकीरहेकी छिन् केही गोमाहरु ।

ट्याम्पो हाँक्दै बन्दको सांकेतिक विरोध जनाउँने अर्की महिला हुन्, रञ्जना बागदास । उनले टिचिङ, गान्धिहुँदै टंगालसम्म मट्यापो चलाएको वर्षौ भैसक्यो । आइतबार पनि उनले ट्याप्पोलाई छोड्न सकिनिन् ।

ranjana-bagdas

रञ्जनाले भनिन्, ‘डर त लाग्छ नी । तर, के गर्नु साहुले ट्याम्पो निकाल्न भन्छ । फेरि बेलुकीको छाक टार्न पनि प¥यो, केटाकेटी पाल्न प¥यो ।’ उनले पनि यतिबेलासम्म तीन ट्रिप मारिसकेकी छिन् । उनले पहिलेको भन्दा यसपालीको बन्दमा बढी ट्याम्पो सञ्चालन भएको जानकारी दिइन् । भनिन्, ‘१० प्रतिशत जति ट्याम्पो चलेका छन् होला ।’ फ्याट्ट फुट्ट माइक्रो पनि देखिएका छन् । रञ्जनाले ड्राइभरको पीडा सुनाउँछिन्, ‘कताबाट ढुंगा हान्ला भन्ने डर त हुन्छ नी ! तर, के गर्नु, बाध्यताले ट्याम्पो निकाले ।’

मोहोन आचार्य सुनधाराको पुल नजिकै ट्याप्टो मोड्दै छन् । भर्खर यात्रु झारेर, सुइअ सुस्केरा हाले । अनि बाहीर निस्केर एउटा चुरोट सल्काए । लाग्छ, चुरोटले उनको थकाई मेटाउँदै छ ।

mohan-aachrrya

उनले विहानैदेखि ट्याम्पो निकाल्न त सकेनन् । तर मनले शुख दिएन, १० बजेतिरबाट, ‘मंगलबजार, मंगलबजार…..’ भन्न शुरु गरे ।

दारी फुलिसकेका छन् । टोपी उनको टाउँकोबाट अधिकांश सेता रौँ उछिट्टीएका छन् । भन्छन्, ‘ट्याम्पो चलाउन थालेको त, २५ वर्ष भैसक्यो नि भाई ।’

उनलाई पनि बन्दको कुनै डर छैन । त्यसैले त मंगलबजारदेखि दुई ट्रिप यात्रु ओसारिसके । मोहनले ङिच्च मुख पार्छन, ‘अर्थ न बर्थको बन्द । काम गरी खानेलाई बिनाअर्थ दुःख दिन्छन् ।’ आज के को बन्द हो थाहा छ ? उनले टाउँको हल्लाए, ‘अहँ, छैन ।’ उनले दिनमै दुई हजार, २५ सयभन्दा बढी आम्दानी हुने बताउँछन् ।