१ कार्तिक २०८३, आइतबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ९६ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।