१ कार्तिक २०८३, शनिबार

चार दलका शीर्ष नेताको बैठक सुरु, विवादित विषयमा आज सहमति गरेरै छाड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4-party-meeting-1

काठमाडौं, ३१ साउन । संविधानसभा अन्तर्गतको मस्यौदा समितिले तयार पारेको नयाँ संविधानको पहिलो विधेयक र त्यसमा सहमति हुन नसकेका केही विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा नागरिकता, धर्मनिरपेक्षता र थ्रेसहोल्डका विषयमा छलफल चलिरहेको छ । मस्यौदा समितिले सहमति हुन नसकेका विषयलाई थाँती राखेर नयाँ संविधानको पहिलो विधेयक शनिबार राति तयार पारेको थियो ।

नयाँ संविधानको विधेयकमा शीर्ष नेताहरूले छलफल गरेर आजै सहमति जुटाइ मस्यौदा समितिमार्फत संविधानसभामा पेश गर्ने जनाइएको छ । प्रमुख दलहरू भदौ दोस्रो साताभित्र संविधान जारी गर्ने पक्षमा छन् । त्यसलाई आधार बनाएर संविधान निर्माणको कार्यलाई अघि बढाएका छन् ।