काठमाडौं । पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त)को शव काठमाडौं ल्याइएको छ ।
बिहीबार कतार एयरवेजको विमानमार्फत गुरुङको शव काठमाडौं ल्याइएको हो ।
गुरुङको शव काठमाडौंमा ल्याएसँगै उनलाई श्रद्धाञ्जली दिन आफन्तजन, शुभेच्छुक लगायत त्रिभुवन विमानस्थल पुगेका थिए भने शव यात्रासहित गुरुङको पार्थिव शरीरलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा पुर्याइएको छ । उनको शुक्रबार अन्तिम संस्कार गरिने संघले जनाएको छ ।
ब्रड पिकमा गएको हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरेर ६ नेपालीसहित १० जनाको निधन भएको थियो ।
पुर्जाको परिवार बेलायत भएकाले उतै अन्त्येष्टि गर्ने तयारी गरिएको छ भने अन्य नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया पुर्याएपछि ल्याइने संघले जानकारी दिएको छ ।















प्रतिक्रिया