३० आश्विन २०८३, शुक्रबार

गृहमन्त्रीको क्वाटरमा बम विस्फोट, ७ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bom-blast

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री शुजा खानजादाको कार्यालयमा आइतबार ठूलो बम विस्फोट भएको छ ।

आक्रमणकारीले उनको ढोकामा राखेर उनलाई पनि मारेका छन् । आतंकवादी संगठन लश्कर-ए-झांगवीले यो हमलाको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार अनुसार बम विस्फोटमा परी गृहमन्त्रीसहित ७ जना मारिएका छन् । बम विस्फोटमा परी गम्भीर घाइते गृहमन्त्री खानजादालाई अस्पताल लगिएको थियो । अस्पताल पुगेको अढाई घण्टापछि मन्त्रीको उपचारकै क्रममा मृत्यु भएको हो ।

shujakhanzada-ll
पञ्जाब प्रान्तका गृहमन्त्री शुजा खानजादा ।

प्रत्यक्षदर्शीका अनुसार खानजादा हमलापछि लगातार बचाउ बचाउ भन्दै चिच्याएका थिए । तर, ठूलो विस्फोटका कारण उनलाई बाहिर निकाल्न ढिला भएको थियो ।

बम विस्फोट हुँदा उनको पूरै घर ध्वस्त भएको छ । खानजादाले अक्टोबर २०१४ मा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेर आतंकवादी संगठनविरुद्ध अभियान चलाएका थिए । यसैबीच पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले यो घटनाको शोक व्यक्त गरेका छन् ।