सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८ कल्याणपुर टोलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
बुधबार स्थानीय राजकुमार महतोको घरमा शिवचर्चा पूजा भइरहेको बेला माइकबाट हातमा करेन्ट लाग्दा ६५ वर्षीया मानकी देवीको मृत्यु भएको हो ।
करेन्ट लागेर अचेत भएकी उनलाई उपचारका लागि नगर अस्पताल बरहथवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया