३१ आश्विन २०८३, शनिबार

ग्यास अभाव छैन, उपभोक्ताले बढी सञ्चित गर्दा समस्या आयो : व्यवसायी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्याँस अभावको समस्यामा प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर चासो ब्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ ।

विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल आयल निगमका पदाधिकारी र ग्यास उद्योगीहरूको सहभागिता रहेको छलफलमा ग्यास अभाव हुनुको कारण र तत्काल समाधानका उपायबारे वृहत् विमर्श गरिएको थियो ।

छलफलका क्रममा व्यावसायीहरूले बजारमा ग्याँसको वास्तविक अभाव नभएको तर आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु भए पछि उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गर्दा माग एक्कासी बढेको जानकारी गराए । यस समस्यालाई सम्बोधन गर्न र आगामी चाडपर्वमा आपूर्ति सहज बनाउन ग्याँस आयात बढाउने, वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन निकायहरूबीच समन्वय गर्ने निर्णय भएको छ।

मुख्य सचिव कार्कीले यस समस्याको दीर्घकालीन समाधान खोज्न सरोकारवालाहरूसँग आगामी दिनमा पनि निरन्तर छलफल जारी राख्ने प्रतिबद्धता जनाए ।