काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर काठमाडौंमा उपचार गराइरहेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएपछि कप्तानगञ्जमा फेरि तनाव भएको छ ।
मेहताका आफन्तले शव बुझ्न मानेका छैनन् भने उता कप्तानगञ्जमा आफन्तले रूख ढालेर सडककै अवरूद्व गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
मेहताका आफन्तले गृहमन्त्रीको उपस्थिति बिना शव नबुझ्ने अडान लिएका छन् । उनीहरूले गोली चलाउने व्यक्तिको पहिचान, कारवाही र क्षतिपूर्तिको माग अगाडि सारेका छन् ।
अहिले कप्तानगञ्जमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।















प्रतिक्रिया