३१ आश्विन २०८३, शनिबार

अमरेशकुमार सिंहको प्रश्न– मधेशमा प्रदर्शन हुँदा सुरक्षाकर्मीले सिधै किन गोली चलाउँछन् ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले मधेशमा कुनै पनि आन्दोलन वा प्रदर्शन हुँदा लाठी वा टियर ग्याँस प्रयोग नगरी सिधै गोली किन चलाइन्छ भन्दै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।

उनले प्रहरीसँग लाठी वा टियर ग्याँस नभएको वा तालिमको कमी भएको हो कि भन्ने प्रश्न गरे । मधेशलाई पछाडि पार्ने, गरिब बनाइराख्ने र विरोध हुँदा गोली ठोक्ने परिपाटीको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

नेपाली सेना मधेसमा जाने वितिक्कै मधेसका नागरिकले नेपाली सेनामा आफ्नो अनुहार नदेख्ने र देशकै सेनालाई विदेशी सेनाको रुपमा बुझ्ने मनोविज्ञानलाई अन्त्य गर्नुपर्ने उनले बताए ।