काठमाडौं, २ असार । नेकपा (एमाले) को नयाँ विधानले पार्टीका निवर्तमान अध्यक्षलाई स्वतः वरिष्ठ नेताका रूपमा प्रस्ताव गरेको छ ।
एमालेमा हाल विधानतः वरिष्ठ नेता नभए पनि पूर्वमहासचिव (पार्टी प्रमुख) माधवकुमार नेपाललाई केन्द्रीय कमिटीको निर्णयका आधारमा दोस्रो वरियतामा राखिएको छ । महाधिवेशनले नयाँ अध्यक्ष चयन गरेमा वर्तमान अध्यक्ष झलनाथ खनाल अब स्वतः वरिष्ठ नेता हुने छन् ।
एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार संशोधनका लागि प्रस्ताव गरिएको विधानमा स्वतः वरिष्ठ नेता (अध्यक्षपछिको मर्यादाक्रम) मा किटान गरिएको बताए ।
विधानमा केन्द्रीय कमिटीको सङ्ख्या पनि बढाएर १ सय ४९ बनाइएको छ । त्यस्तै पदाधिकारीको सङ्ख्या पनि वृद्धि गरी १५ बनाउने प्रस्ताव गरिएको छ ।















प्रतिक्रिया