
काठमाडौं, ३१ साउन । ६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै नेकपा–माओवादी लगायतका दलले आह्वान गरेको दुई दिने बन्दको पहिलो दिन आइतबार राजधानीसहित मुलुकभरको जनजीवन प्रभावित बनेको छ ।
माओवादीसहित मधेसवादी दल र जनजातिले पनि बन्दको आव्हान गरेकाले जनतामा बढी त्रास देखिएको छ । तर, विहानको तुलनामा दिउँसो भने सार्वजनिक सवारीसाधन उल्लेख्य मात्रमा निस्कन सुरु गरेका छन् । निजी सवारी साधानको मात्रा पनि बढ्दो छ ।
राजधानीको कुनै चोकमा बन्दकर्ता नभए पनि अधिकांश पसलहरु बन्द छन् भने सवारीसाधन पनि चल्न सकेका छैनन् । बन्दका बेला दैनिक नेपालले राजधानीको विभिन्न ठाउँमा पुगेर यस्तो तस्बीर उतारेको छ ।
तस्बीरः विश्वास खड्काथोकी






























प्रतिक्रिया