१ कार्तिक २०८३, आइतबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

आन्दोलन घोषणा गरेको केही घण्टामै टेकु र भक्तपुर प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले उनलाई केहीबेरअघि भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

उनले आज प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङका विषयमा उत्तेजक अभिव्यक्ति दिएका थिए।

 

प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका थिए। त्यसको केही घण्टामै उनी पक्राउ परेका हुन्। उनले आज प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङका विषयमा उत्तेजक अभिव्यक्ति दिएका थिए। तराईमा हिंसा भड्किनुमा गृहमन्त्रीको हात रहेको उनको दाबी थियो ।