१ कार्तिक २०८३, आइतबार

जुवातास खेलिरहेका ४७ जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट ४७ जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुर, भीमदत्त नगरपालिका–३ भाँसी बस्ने जगदिश भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय सुरेश चन्द समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ४० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी, ललितपुर, ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने बागलुङ घर भएका ३१ वर्षीय सञ्जय पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा सञ्जय समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी, ललितपुर, ललितपुर महानगरपालिका–१४ सुम्निमा मार्गस्थित ललितपुर नखिपोट बस्ने भोजपुर घर भएका ५६ वर्षीय सुबज राईले सञ्चालन गरेको फर्निचर पसलमा जुवातास खेलिरहेको अवस्थामा सुबज समेत २१ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ७ सय ६० रूपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै, चितवन, भरतपुर महानगरपालिका–१० अष्ठभुजा पेट्रोल पम्प पछाडि तनहुँ घर भएका ३७ वर्षीय कमलबहादुर न्यौपानेले सञ्चालन गरेको विकल्प खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कमलबहादुर समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ५ सय १५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।