१ कार्तिक २०८३, आइतबार

जेनजी आन्दोलनमा फरार कैदी बन्दुकसहित पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । जेनजी आन्दोलनमा फरार एक कैदीबन्दी भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामालाई पक्रउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई आज बिहान घरबाटै पक्राउ गरिएको हो ।

लामा जेनजी आन्दोलनको क्रममा भरतपुर कारागारबाट भागेका थिए ।

पक्राउ परेका लामा एक सिङ्गे गैँडा मारी वन्यजन्तुसम्बन्धी कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकिएका सजाय भुक्तान गरिरहेका कैदी हुन् ।

पक्राउ परेका लामामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।