काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन् ।
उनका अनुसार इरान र मध्यपूर्वका केही राष्ट्रहरूबाट सम्झौतासम्बन्धी प्रस्ताव प्राप्त भएपछि यो निर्णय लिइएको हो ।
ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अमेरिका इरानविरुद्ध ठूलो सैन्य आक्रमण गर्न पूर्ण रूपमा तयार रहेको दाबी गरे ।
उनले सम्झौताको खाका तयार भएको पनि दाबी गरे । खाकामा होर्मुज जलसन्धि तत्काल खुला गर्ने र इरानी आणविक खतराको अन्त्य गर्ने लगायतका विषयहरू समावेश छ ।
ट्रम्पले यो निर्णयमा इजरायल अमेरिकाको साथमा रहेको पनि दाबी गरे ।
















प्रतिक्रिया