राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालय राजविराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ ।
तोकिएको समयपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ ।
यस्तै, कार्यालयको अनुमती लिई सद्वभाव र्याली गर्ने प्रयोजनको लागि कर्फ्यु आदेश केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीको बोदेबरसाइनमा गत साउन १४ गते राति १० बजेदेखि र राजविराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्युको आदेश जारी गरिएको थियो ।
















प्रतिक्रिया