१ कार्तिक २०८३, आइतबार

प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर शनिबार (साउन १६) एक विद्यार्थीको मृत्यु भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएम अध्ययनका निम्ति प्रवेश परीक्षा दिएर बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीले छतबाट हाम फाल्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी नेत्रमणि गिरीले जानकारी दिए ।

विश्वविद्यालयको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएका विद्यार्थी कार्कीको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको एसपी गिरीले बताए ।

“उहाँलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो,” गिरीले भने, “महाकालीले थप उपचारका लागि धनगढी रेफर गरेको र उपचारका क्रममा मृत्यु भएको हो ।”

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । रासस