१ कार्तिक २०८३, आइतबार

निर्मल पुर्जाहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ : प्रधानमन्त्री बालेन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ लगायत दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री साहले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री साहले आरोहीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने बताए ।

“विश्वको १२ औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ)सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।” उनले भनेका छन्, “निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।”