१ कार्तिक २०८३, आइतबार

काठमाडौंमा सद्भाव र्‍याली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्थाहरुले संयुक्त रुपमा काठमाडौंमा सद्भाव र्‍याली निकालेका छन् ।

जातीय, धार्मिक सहिष्णुता र शान्तिका लागि भन्दै उनीहरुले शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा सद्भाव र्‍याली निकालेका हुन् ।

र्‍यालीमा सहभागीहरूले ‘क्रोध छोडौँ, करुण रोजौँ,’ ‘एक अर्कालाई जित्ने होइन, एक अर्कालाई बुझ्ने प्रयास गर’, ‘सद्भाव रोजौँ, द्वन्द्व होइन’ लगायत लेखिएका प्लेकाड प्रदर्शन गरेका थिए । साथै, उनीहरुले शान्तिको आह्वान गर्दै सरोकारवाला निकायलाई जिम्मेवार हुन आग्रह समेत गरेका छन् ।