१ कार्तिक २०८३, आइतबार

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको छ ।

गत साउन १२ गते राति ९ बजेदेखि जारी भएको कर्फ्यु शनिबार बिहानदेखि साँझ ५ बजेसम्मका लागि हटाइएको हो ।

प्रशासनले जारी गरेको निषेधाज्ञा अनुसार तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रशासनले शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको जनाएको छ । साथै, निषेधाज्ञा अवधिभर प्रशासनको आदेशको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।