१ कार्तिक २०८३, आइतबार

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा ७५ वर्षीया वृद्धाको हत्या आरोपमा उनका १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गत १४ साउन बिहीबार साँझ करिब ६ बजे तेतरी खातुन आफ्ना माइलो छोरा शेख निमुदिनको टालीको छानो भएको घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी डीएसपी शंकर प्रसाद आचार्यको नेतृत्वमा इलाका प्रहरी कार्यालय कटहरियासहितको टोली घटनास्थलमा पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनालाई शंकास्पद देखिएपछि प्रहरीले मृतकका १८ वर्षीय नाति साहिद शेखलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

अनुसन्धान अगाडि बढ्दै जाँदा उनले आफ्नै हजुरआमाको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन् ।

प्रहरीले पक्राउ परेका साहिद शेखमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार राति विज्ञप्ति जारी गर्दै घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख गरेको छ।