१ कार्तिक २०८३, आइतबार

सरकारसँग भएको सहमति मान्य छैन : लघुवित्त पीडित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले सरकार र लघुवित्त तथा वित्तिय शोषणविरुद्ध संघर्ष समितिबीच भएको सहमति मान्य नहुने जनाएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले ५ वर्षदेखि निरन्तर आन्दोलनरत पीडितहरुलाई झुक्याएर अर्को समूहले आफू अनुकूल सरकारसँग सम्झौता गरेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा लघुवित्त तथा वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलन केन्द्रीय समितिका इन्चार्ज सुरेश घिमिरेले देशभर ६० लाख लघुवित्त पीडितहरु रहेको र सबै सो सम्झौताविरुद्धमा रहेको जिकिर गरे ।

अधिकाशं पीडितहरु अझै पनि संघर्षको मैदानमा रहेको बताउँदै घिमिरेले पीडित विरोधी प्रतिवेदनलाई अधार मानेर भएको सहमति स्वीकार्य नहुने स्पष्ट पारे ।

उनीहरुले लघुवित्त वित्तीय संस्था खारेज गरी अन्यायपूर्ण ऋण मिनाहा गर्नुपर्ने लगायतका १४ बुँदे माग अघि सारेका छन् ।