१ कार्तिक २०८३, आइतबार

धनुषामा मन्दिरका पुजारीको घाँटी रेटेर हत्या, घटनास्थल रगताम्य

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर नहरचोकमा रहेको शिव–हनुमान मन्दिरका पुजारीको घाँटी रेटेर हत्या गरिएको छ ।

स्थानीयका अनुसार शनिबार बिहान मन्दिरभित्र पुजारी मृत अवस्थामा फेला परेका हुन् । मृतक धनुषाको हँसपुर नगरपालिका निवासी अन्दाजी ५५ वर्षीय बन्ठु राउत रहेको सबैला नगरपालिकाका मेयर कारीराम यादवले जानकारी दिएका छन् ।

मेयर यादवका अनुसार घटनास्थल पुग्दा मन्दिरभरि रगत छरिएको देखिएको थियो । उनका अनुसार पुजारीले ज्यान जोगाउन संघर्ष गरेको संकेत देखिने अवस्था रहेको र धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको प्रारम्भिक रूपमा देखिएको छ ।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । यद्यपि, घटनाबारे थप विवरण लिन जिल्ला प्रहरी कार्यालय धनुषासँग सम्पर्क गर्दा प्रतिक्रिया प्राप्त हुन सकेन ।

हत्या किन र कसले गरेको भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।