१ कार्तिक २०८३, आइतबार

सप्तरीको बोदेबरसाइनमा पनि अनिश्चितकालीन कर्फ्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सप्तरीले बोदेबरसाइन नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको गएराति बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यु आदेश जारी गरेका हुन् ।

प्रशासनका अनुसार कर्फ्यू क्षेत्र पूर्वी सीमा हुलाकी राजमार्गस्थित खड्क पुल, पश्चिममा पृतमपुर चोक, उत्तरमा नेंगडा चोक र दक्षिणमा मानराजा चोकसम्म तोकिएको छ ।