१ कार्तिक २०८३, आइतबार

एकता र सद्भाव कायम गर्न विदेशबाटै देउवाको अपिल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हालै तराईका विभिन्न क्षेत्रमा देखिएका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशमा एकता, सद्भाव र सहकार्य कायम गर्न अपिल गरेका छन् ।

हाल विदेशमा रहेका उनले सामाजिक सञ्जालमार्फत एकअर्काको सहअस्तित्व स्वीकार्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाली समाजको प्रमुख विशेषता आपसी सद्भाव, एकता र सहकार्य भएको उल्लेख गर्दै देउवाले सबैलाई शान्तिको आदर्शलाई अनुसरण गर्न आग्रह गरे ।

‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो । म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।

हालैका घटनाहरूमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पूर्वसभापति देउवाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

देशमा हिंसा थप फैलिन नदिन र शान्ति सुरक्षा सुदृढ गर्न सरकारलाई गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

उनले सबै राजनीतिक दलहरूसँग सहकार्य गरी तत्काल आवश्यक पहल र प्रभावकारी कदम चाग्न सरकारसँग जोडदार माग गरेका छन् ।