१ कार्तिक २०८३, आइतबार

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की नियुक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले संवैधानिक परिषद्‌को सिफारिसमा आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की (मोरङ), निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)लाई नियुक्त गरेका हुन् ।