काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
वरिष्ठ नेता श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थियो ।
















प्रतिक्रिया