१ कार्तिक २०८३, आइतबार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि गएराति अस्पताल भर्ना भएका छन् ।

भट्टराईलाई चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको उनकी छोरी मानुषी भट्टराईले जानकारी दिइन् ।

चिकित्सकहरूले भट्टराईमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगोको लक्षण देखिएको बताएको मानुषीले बताइन् ।

मानुषीका अनुसार भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ र अन्य सबै स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेको रहेको छ ।