३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीको दाबी- ‘सरकारले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६९औँ भारतीय स्वतन्त्र दिवसका अवसरमा गरेकोे सम्बोधनका क्रममा आफ्नो सरकार भ्रष्टाचारमुक्त भारतका लागि अभियानमा निरन्तर अगाडि बढेको बताउनुभएको छ ।

राजधानी नयाँ दिल्लीस्थित प्रतिकात्मक लाल किल्लाबाट प्रधानमन्त्रीका रुपमा मोदीले भन्नुभयो, ‘भारतले पुरानो शैली अपनाएर अघि बढ्ने हो भने जनताबीच विकासको महसुस हुँदैन । पुरानो कार्यशैलीलाई परिवर्तन गरी समृद्ध भारत बनाउने अभियानमा लाग्नुपर्छ ।’

आफ्नो सरकारले एक रुपैयाँ पनि भ्रष्टार नगरेको दाबी गर्दै प्रधानमन्त्री मोदीले आफ्नो सरकार ‘जाग भारत, उठ भारत’ नारा युवा, आदीवासी, दलित तथा गरिव भारतीयको नागरिकको उत्थानमा उल्लेख्य भूमिका खेल्ने बताउनुभयो ।

सम्बोधनका क्रममा आफ्नो सरकार ‘एक पद एक निवृतिभरणको पक्षमा’ रहेको समेत बताउनुभएको थियो । तल्लो तहको कर्मचारी चयन प्रक्रियामा अन्तवार्ता प्रणालीले भ्रष्टाचारलाई प्रश्रय दिएको बताउँदै यसलाई हटाउने कुरामा आफ्नो पहल रहेको उहाँले बताउनुभयो ।

संस्थागत किसानको कल्याणका लागि थप विशेष कार्यक्रमम ल्याउने जनाउँदै भन्नुभयो, “कृषि मन्त्रालयलाई कृषि तथा किसान मन्त्रालय बनाउने निर्णय गरेको समेत उक्त समारोहमा बताउनुभयो ।”

भारतीय इतिहासमा संभवत सबैभन्दा लामो भाषण दिनुभएका सुन्तला रङको फेटामा उपस्थित प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा संसद् गतिविधि सञ्चालनमा आएको वर्तमान समस्या र राष्ट्रपति प्रणव मुखर्जीद्वारा संसदबारे बिहीबार व्यक्त गरेको चिन्ताप्रति भने संबोधनमा केही बोल्नुभएको थिएन ।

हामीले शासन प्रणालीमा नयाँ सुरुवात गर्ने प्रयासस्वरुप ‘जाग भारत, उठ भारत’ नाराका साथ अघि बढ्ने निर्णय गरेको र यसले उद्योग उपक्रममा नयाँ आयाम थप्ने र विकासको सुरुवातमा नयाँ संजाल विस्तार गर्न सफल हुने आशा गरेको भारतीय प्रधानमन्त्रीले समारोहमा बताउनुभयो ।

उहाँले नयाँ रोजगारको अवसरमा सिर्जना गर्ने प्रयासमा यो अभियानले सफलता पाउने बताउनुभयो ।

आफ्नो सरकार मजदूरीको प्रतिष्ठाका लागि छ खर्व भारतीय रुपियाँ खानी भएको क्षेत्रमा खर्च गर्ने गरी निकाशा गर्ने निर्णय लिएको बताउनुभयो । खानी क्षेत्रमा खास गरी आदिवासी समुदायको बसोबास रहेको छ ।

भारतीय प्रधानमन्त्रीले आफ्नो पहिलो स्वतन्त्रता दिवसमा गरेका स्वच्छ भारत, जनधन योजनालगायतका कतिपय प्रतिज्ञा पुरा गरीसकेको पनि बताउनुभयो । बाँकी योजना क्रमशः पुरा हुँदै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘भारतमा अझै १८ हजार ५०० गाउँहरुमा बिजुली बत्ती नपुगेको सरकारको आँकडा रहेको छ । हामीले यदी पुरानो शैलीबाट काम गर्ने हो भने सम्भवत आगामी १० वर्षसम्म पनि ती गाउँमा बिजुली पुग्ने छैन । ’

‘मैलै सरकारी अधिकारीलाई भेट गरी कसरी ती गाउँमा बत्ती बाल्न सकिन्छ भन्ने विषयमा छलफल गरेको र उनीहरुले २०१९ सम्म उक्त योजनालाई सम्पन्न गर्न सकिने जनाए । तर राज्यले त्यति लामो समयमसम्म पर्खिरहन सक्दैन ।’ भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो ।
‘टिम इन्डियाले’ आज अँध्यारोमा रहेका नागरिकलाई बिजुली बत्तीको सेवा आगामी एक हजार दिनभित्र पु¥याउने प्रतिज्ञा गरेको छ, उहाँले थप्नुभयो ।

राज्य माथि हुने र भइरहेको सबै किसिमका अवस्था तथा बीच गतिविधि निवासरणका लािग सरकार सधै चनाखो रहने पनि उहाँले सम्बोधनका क्रममा बताउनुभयो । रासस/पिटिआई