१ कार्तिक २०८३, आइतबार

लुम्बिनीमा कांग्रेसका ५ मन्त्रीको राजीनामापछि मन्त्रालयको जिम्मेवारी हेरफेर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यविभाजन गरेका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७९ को नियम ४ को उपनियम (२) बमोजिम मन्त्रालयहरूको कार्यभार हेरफेर गरी मन्त्रिपरिषद्को कार्यविभाजन निर्धारण गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी विकास तथा खानेपानी मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

लुम्बिनीमा अब नेकपा एमाले–नेकपाको संयुक्त सरकार गठन हुनेछ ।