काठमाडौं । मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
ठूला बचतकर्तालाई सहकारीसंथ मिल्नका लागि विभिन्न निकायबाट दबाब आएको र यसका कारण आफुहरु थप पीडामा गरेको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने उनीहरुको माग छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले छिटोभन्दा छिटो आफ्नो बचत फिर्ताका लागि पहल गर्न आग्रह गरेका छन् ।
साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरुले माग गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले साना बचतकर्तालाई केही रकम फिर्ता दिएजस्तो गरे पनि वास्तविक सहकारी पीडितका समस्यामा सरकारले चासो नदेखाएको बताए ।
उनले समस्याग्रस्त घोषणा नगरिएका केही सहकारीले पनि बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेकाले राज्य गम्भीर हुनुपर्ने बताए ।







प्रतिक्रिया