काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ ।
८३ वर्षीय नेता श्रेष्ठ केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए । सोही अस्पतालमा उनको आज दिउँसो निधन भएको हो ।
नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय राखिने भएको छ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।







प्रतिक्रिया