सुनसरी । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी कर्फ्यु आज बिहानदेखि हटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको र जनजीवन सहज बनाउने उद्देश्यले कर्फ्यु हटाइएको र निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
प्रशासनले देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने गरी निषेधाज्ञा कायम रहने जनाएको छ ।
















प्रतिक्रिया