१ कार्तिक २०८३, आइतबार

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।

उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश डा. शर्माले समकक्षी कान्तसँग दुई पक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।

प्रधानन्यायाधीश डा. शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्याय सम्पादका बारेमा जानकारी समेत लिएका थिए । उक्त भ्रमण दलमा प्रधानन्यायाधीश डा. शर्माकी धर्मपत्नी उमा शर्मा र सहरजिष्ट्रार अमित उप्रेती सहभागी थिए ।