काठमाडौँ, ३१ साउन । रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलामाथि आक्रमण भएको छ ।
नेपालवाणी नेटवर्कको वाणी वहस प्रस्तुत गरेर फर्कदै गर्दा वाणीवहसका प्रस्तोता समेत रहेका रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमलाको गाडीमा बिहान तोडफोड भएको हो । संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा रहेका बन्दकर्ताहरुले पत्रकार धमलालाई चार दलको निर्देशनमा काम गर्ने गरेको भन्दै काठमाडौँको वीर अस्पताल अगाडि आक्रमण गरेका थिए ।
तोडफोडबाट वा ४ च ४७७८ नं को गाडीको अघिल्लो भाग फुटेको र आक्रमणमा संलग्न झण्डै २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको पत्रकार धमलाले जानकारी दिए ।
उनीहरुले गिरफ्तार भएका कार्यकर्तालाई नछुटाएमा आफूलाई अपहरण गर्ने धम्की दिएको पनि धमलाले बताए ।













प्रतिक्रिया