हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै एक पुरुष मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब ६ः१५ बजे उक्त स्थानमा एक पुरुष मृत अवस्थामा रहेको सूचना प्रहरी कन्ट्रोल रुममा प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो ।
कार्यालयका अनुसार घटनास्थल वरपर रगत समेत देखिएकाले थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।
अनुसन्धानका क्रममा मृतक मकवानपुरको साविक चित्लाङ गाविस–६ (हाल थाहा नगरपालिका–१०) स्थायी घर भएका ४१ वर्षीय आश्मान गोपाले रहेको खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे मृतकका परिवारलाई जानकारी गराइएको र बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट ट्रयाकर कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







प्रतिक्रिया