१ कार्तिक २०८३, शनिबार

वन मन्त्रालयका एक सहसचिव र दुई उपसचिवले राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । ग्रिनकार्ड, र पीआर लिएका ३ सरकारी अधिकारीले राजीनामा दिएका छन् ।

वन मन्त्रालयका सह सचिव एवं वनस्पतिविज्ञ डा खेमराज भट्टराई मन्त्रालयकै उप सचिवद्वय आनन्द भण्डारी र तुलसीराम शर्मा छन् ।

डिभी र पिआर लिएका कर्मचारीलाई बर्खास्तसम्म गर्ने नयाँ कानुनी व्यवस्था आएपछि निजामती प्रशासनका सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, नासुलगायतले भटाभट राजीनामा दिन थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सह९सचिव भट्टराईसँग क्यानडा र भण्डारीसँग बेलायतको पिआर छ भने शर्मासँग अमेरिकाको ग्रिनकार्ड छ । शर्मा केही समयअघि मात्र अमेरिकाबाट फर्किएका थिए ।

भट्टराई मन्त्रालयमातहतको तालिम प्रमुख थिए भने, भण्डारी मन्त्रालयको वैदेशिक समन्वय महाशाखा र शर्मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा योजना तथा व्यवस्थापन शाखामा कार्यरत थिए ।

उनी गएको शुक्रबार मात्रै भुटान भ्रमणबाट फर्किएका थिए । उनी यार्सागुम्बा सम्बन्धि कार्यक्रममा भाग लिन भुटान गएका थिए ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव किरणराज शर्माले भने केही दिनअघि अमेरिकाको ग्रिनकार्ड त्यागेका छन् ।