९ श्रावण २०८३, शनिबार

काठमाडौं–३० का लेखा अधिकृत घुस रकमसहित पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारका अनुसार भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको थिए ।

अख्तियारको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित वडा कार्यालयबाट नै पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

Skip This