३० आश्विन २०८३, शुक्रबार

डिभी परेका नेपालीलाई भिसामा सिमाबन्दी, डिभी परेर पनि अमेरिका जान नपाउने संकेत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

USA-Flag

काठमाडौँ, ३० साउन । अमेरिकी सरकारले २०१६ को डिभी लोटरी विजेता नेपालीले पाउने भिसा संख्यामा इतिहासमै पहिलोपल्ट सुरुमै सिमाबन्दी गरेको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले भिसा बुलेटिन जारी गर्दै २०१६ का डिभी विजेतामध्ये २४ सयसम्म केस नम्बर हुने नेपालीहरु अक्टोबर महिनाका लागि योग्य भएको जनाएको छ । डिभी विजेता नेपालीहरुका लागि पहिलो महिनामा नै निश्चित नम्बरमा सिमित गरेर लगाम लगाएको यो नै पहिलोपटक हो । यो वर्ष एसियाका २८ सय भन्दा तल केस नम्बर हुने डिभी लोटरी विजेताहरु अक्टोबर महिनाको भिसाका लागि योग्य हुँदा नेपालीहरु भने २४ सय भन्दा तल केस नम्बर हुनेहरुमात्र अक्टोबरका लागि योग्य हुनेछन् । त्यसपछिका महिनामा यो नम्बर थपिदै जानेछ ।

अमेरिकाको न्यूयोर्कबाट प्रकाशित हुने खसोखास साप्ताहिक लेख्छ – अमेरिकामा अक्टोबर १ देखि नयाँ आर्थिक वर्ष सुरु हुनेहुँदा अक्टोबर १ देखि नै आगामी सेप्टेम्बर ३० सम्मका लागि नयाँ भिसा नम्बरहरु जारी गरिन्छ । हरेक वर्षको डिभी लोटरी विजेताहरुले पनि अक्टोबर १ देखि भिसा पाउन सुरु गर्छन् भने उनीहरुले अर्कोवर्षको सेप्टेम्बर ३० सम्म भिसा पाउँछन् । सन् २०१५ का डिभी लोटरी विजेतहरुले गतवर्षको अक्टोबरदेखि भिसा पाउन सुरु गरेकोमा आगामी सेप्टेम्बरको अन्त्यसम्ममा भिसा पाउनेछन् भने अक्टोबरदेखि सन् २०१६ का डिभी लोटरी विजेताहरुका लागि भिसा सुरु गरिन्छ ।

सन् २०१५ का नेपाली डिभी लोटरी विजेताहरुमध्ये ७ हजार १ सय ५० भन्दा तल केस नम्बर हुनेहरुमात्र भिसाका लागि योग्य भएका छन् भन् अघिल्लो वर्ष सन् २०१४ मा ९ हजार ५ सय भन्दा तल केस नम्बर हुने नेपाली डिभी लोटरी विजेताहरु भिसाका लागि योग्य भएका थिए । गत वर्षहरुको तुलनामा डिभी लोटरी नेपाली विजेताहरुलाई भिसासंख्याको दायरा आगामी आर्थिक वर्षमा अझ साँगुरो पारिने देखिएको छ । किनभने चालु आर्थिक वर्षको सुरुमा डिभी लोटरीका लागि भिसा नम्बर जारी गर्दा पहिलो महिनामा नै नेपालका लागि छुट्टै सिमाबन्दी तोकिएको थिएन ।

९ महिनासम्म कुनै अलग सिमाबन्दी नतोकीकनै अरु एसियाका मुलुकहरु सरह सन् २०१५ को डिभी विजेता नेपालीहरुलाई पनि भिसाका लागि योग्य ठहराइएको थियो । तर जुलाईबाट भने नेपालीहरुलाई निश्चित भिसा नम्बरमा सिमाबन्दी गरिएको थियो । गत जुलाईका लागि ६ हजार ४ सय ७५ भन्दा तल केस नम्बर हुने डिभी लोटरी विजेता नेपालीहरु भिसाका लागि योग्य रहेका थिए । अगस्तका लागि यो नम्बर बढाएर ७ हजार १ सय ५० पु¥याइएकोमा सेप्टेम्बरका लागि पनि त्यही नम्बरमा नै सिमित गरिएको छ । तर सन् २०१६ का डिभी लोटरी विजेता नेपालीहरुलाई आर्थिक वर्षको पहिलो महिनामा नै भिसाका लागि सिमाबन्दी तोकिदा पछाडि केस नम्बर भएका डिभी परेका नेपालीहरु अमेरिका आउन नपाउने आशंकाले चिन्तित भएका छन् । सन् २०१६ का लागि ३८ सय १ जना नेपालीहरुले डिभी लोटरी जितेका थिए । उनीहरुले आगामी अक्टोबरबाट भिसाका लागि योग्य हुन सुरु गर्छन् ।