२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका लागि दिल्ली पुगे कुमार बेन, डोभालसँग ‘गोप्य’ वार्ता

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन (कुमार व्यञ्जनकार)ले भारतको राजधानी नयाँ दिल्ली पुगेर भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गोप्य भेटवार्ता गरेको खुलेको छ ।

उच्च स्रोतका अनुसार उनीहरुबीचको भेटवार्ता जुलाईको पहिलो सातामा भएको हो । बेन आफ्ना निकट सहयोगी रोशन खड्कासहित नयाँ दिल्ली पुगेका थिए ।

प्रधानमन्त्री साहले भारत भ्रमणको तयारी अघि बढाउन प्रमुख सल्लाहकार बेनलाई दिल्ली पठाएको स्रोतको दाबी छ ।