३० आश्विन २०८३, शुक्रबार

सन्तोसको गीतमा नम्रताको मोडलिङ (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

namrata

काठमाडौं, ३० साउन । अभिनेत्री नम्रता श्रेष्ठ म्युजिक भिडियोमा निकै कम मात्र देखा पर्छिन् । चलचित्रमा पनि निकै चुजी छिन् । तर, उनै नम्रता अहिले सन्तोष लामाको नयाँ गीतको भिडियोमा देखापरेकी छिन् ।

उक्त भिडियो सार्वजनिकको लागि भने कुनै तडक भडक गरिएन । बुढासुब्बाको युवटुव मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त भिडियोमा नम्रतालाई विबेक सिंह ठकुरीले साथ दिएका छन् । भिडियोमा विबेक, नम्रताको रोमान्सलाई आकर्षकढंगबाट प्रस्तुत गरिएको छ ।

स्लोमोसनमा तयार पारिएको उक्त भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । सात बर्षपछि स्लो मोसनको भिडियो निर्माण गरेको सुरजले बताए । गीतलाई न्याय गर्नको लागि सुरजले भिडियोमा निकै मेहनत गरेको देखिन्छ । उनले छायांकनको लागि पनि उपयुक्त लोकेसनको छनोट गरेका छन् ।

रोशनले निर्माण गरेको उक्त भिडियोमा रोशनकै शब्द र, न्युह बज्राचार्यको संगीत रहेको छ ।

 

भिडियो