काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा कोशी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका अधिकांश स्थानमा तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति पनि देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा र तराई भू–भागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी र तराई भू–भाग एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
देशका पहाडी भू–भाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।








प्रतिक्रिया