१२ श्रावण २०८३, मंगलबार

काठमाडौं भित्रिने र बाहिरिने यात्रुलाई विशेष सतर्कता अपनाउन प्रशासनको आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै सडकमार्गबाट काठमाडौं उपत्यका आउने–जाने यात्रु तथा सवारी चालकलाई विशेष सावधानी सतर्कता अपनाउन आग्रह गरेको छ ।

शनिबार एक सूचना जारी गर्दै प्रशासनले जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको ‘रेड अलर्ट’ जारी गरेको उल्लेख गर्दै बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गरी यात्रा गर्नुपर्ने जनाएको हो ।

प्रशासनले सार्वजनिक तथा निजी सवारीका चालक, सहचालक, सवारीधनी र यात्रुलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।