७ श्रावण २०८३, बिहिबार

सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ ।

शुक्रबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो ।

जारी सूचना अनुसार, सांसदहरूले आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सा (प्रमाण)सहितको अद्यावधिक विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

सिलबन्दी खाममा सदस्यको नाम, आर्थिक वर्ष, लिङ्ग, पद, कार्यालय, स्थायी ठेगाना, मोबाइल नम्बर, इमेल, प्रतिनिधिसभा सदस्यका हकमा जिल्लारनिर्वाचन क्षेत्र नम्बर तथा राष्ट्रियसभा सदस्यका हकमा निर्वाचित प्रदेश उल्लेख गर्नुपर्नेछ ।

सम्पत्ति विवरण फाराम सांसद सुविधा व्यवस्थापन शाखाबाट प्राप्त गर्न सकिनेछ भने सचिवालयको वेबसाइटमा पनि उपलब्ध रहेको सूचनामा उल्लेख छ ।