१ कार्तिक २०८३, शनिबार

निशानको सबैभन्दा सस्तो कार सार्वजनिक, मूल्य साँढे ६ लाख रुपैँया मात्रै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

car-datsun-go-nxt

नयाँदिल्ली, ३० असार । भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर निसान कार कम्पनीले अहिलेसम्मकै सस्तो कार सार्वजनिक गरेको छ ।

निशानको किफायती ब्राण्ड डैटसनले स्वन्त्रता दिवसको मौका पारेर गो नेक्स्ट लिमिटेड एडिशन लञ्च गरेको हो । कम्पनीले यो मोडल केवल १ हजार युनिट्समात्र बिक्री गर्ने बताएको छ । निशानका अनुसार, अगस्टबाट डिसेम्बरसम्म मात्र यो कारको बिक्री हुनेछ । भारतमा १ सय ९६ बिक्री केन्द्रमा यो कार उपलब्ध हुने बताइए पनि नेपालमा यो कारको बिक्रीका विषयमा केही बताइएको छैन ।

डैटसन गो नेक्स्ट लि‌मिटेड एडिशनको मूल्य ४ लाख ८ हजार भारु अर्थात ६ लाख ५४ हजार मात्र रहेको छ । चाडपर्वलाई समेत लक्षित गरी सार्वजनिक गरिएको यो मोडलको कारमा विभिन्न सुविधाहरु दिइएको छ । कारमा रियर पार्किंग सेन्सर्स, रिमोट सेन्ट्रल लकिंग, क्रोम एग्जास्ट फिनिशर लगायतका सुविधा छन् । सस्तो कारमा यस प्रकारको सुविधा उपलब्ध गराइएको यो पहिलो हो ।

निशानले निकै सस्तो मोडलको कार सार्वजनिक गरेपछि कार किनेर चढ्ने धेरैको इच्छा पुरा हुने देखिएको छ ।