१० श्रावण २०८३, आइतबार

सिमखोलाले बगाएर बेपत्ता भएका चालकको शव फेला

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा आएको बाढीले स्कुटरसहित बगाएर बेपत्ता भएका चालकको शव फेला परेको छ ।

सोमबार बाढीले बगाएर बेपत्ता भएका सर्लाहीका महेश कार्की (ब्लुबुक अनुसार)को शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतको टोलीले चालकको खोजी कार्य गरेको थियो । यसअघि बगाएको स्कुटर फेला परेको थियो ।

खोला तर्ने क्रममा आकस्मिक आएको बाढीले उनलाई बगाएको थियो । शव बगाएको स्थानबाट अन्दाजी १५० मिटर तल पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जेसीबी प्रयोग गरेर खोजतलास गर्ने क्रममा शव फेला परेको हो ।