काठमाडौँ, ३० साउन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको मस्यौदामा प्रस्तावित सङ्घीय प्रदेशको सीमाङ्कनबारे परिमार्जन हुन सक्ने बताउनुभएको छ ।
एक्टिभिस्ट नेपालले आज बिहान आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘सबै नेपालीको भावना समेटिने गरी छ प्रदेशको अवधारणा ल्याइएको हो, सीमाङ्कनको विषयमा कतिपय जिल्ला र क्षेत्रको असन्तुष्टि बढेको छ, त्यसका लागि विशेष समितिको बैठक पनि बस्दैछ, जनचाहनाबमोजिम सीमाङ्कनको प्राविधिक कुरा मिलाउन सकिन्छ तर प्रदेशको सङ्ख्या परिवर्तन गर्न सकिन्न ।’
उहाँले चाँडो लिखित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरेर सरकारले नेपालका स्रोतको भरपुर उपयोग गरी विकास निर्माणको कामलाई गति दिने बताउनुभयो ।












प्रतिक्रिया