२१ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिले बोलाए ठूला चार दलका नेताहरूलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran_Yadavकाठमाडौं, ३० साउन । राष्ट्रपति डा.रामवरण यादवले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरूलाई बोलाउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा डा.यादवले प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभपाति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई छलफलका लागि बोलाउनुभएको हो ।

छलफलमा संविधान, विभिन्न असन्तुष्ट समूहको माग र मधेश केन्द्रित दलका नेताहरूको अभिव्यक्तिका विषयमा समेत छलफल हुने बुझिएको छ ।