वाशिंगटन डिसी । अमेरिकामा हरेक वर्ष ‘फेडरेसन अफ इन्डो अमेरिकन’ संस्थाले आयोजना गर्ने फेस्टिबल अफ ग्लोबमा नेपाली चलचित्रका युवा निर्माता रनिर्देशक शंकर घिमिरे तथा निर्मात्री तथा नायिका ऋचा घिमिरेले अभिनय गरेको सामाजिक कथानक चलचित्र तुलशी क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा प्रदर्शन गरिएको छ ।
उक्त चलचित्र नेपाली चलचित्रका नायिका केकी अधिकारी, नन्दिता केसी, निर्देशक शंकर घिमिरे, ऋचा घिमिरे अन्य कलाकार तथा दर्शकको साथ संगै बसेर हेरेको घिमिरेले बताइन ।
नेपाली चलचित्रकी निर्मात्री तथा नायिका ऋचा घिमिरे झन्डै २ वर्ष अगाडि अमेरिकाका विभिन्न शहरमा तुलशी चलचित्र प्रदर्शनको लागि सपरिवार अमेरिका आएकी हुन् ।
उनले क्यालिफोर्नियाबाट कुराकानी गर्दै आफ्नो चलचित्र तुलशी छनौटमा परेकोमा हर्ष व्यक्त गर्दै प्रदर्शन गर्ने समेत मौका पाइएकोमा यो भन्दा ठूलो कुरा के हुन् सक्छ भनिन ।
अहिलेसम्म तुलशी चलचित्र नेपालमा देखाउन नसकेकोमा दुखेसो उनले पोखिन ।
तुलशी चलचित्रको प्रथम प्रदर्शन (प्रिमिएर) भने बाल्टिमोरमा २०१३ को डिसेम्बरमा भब्यताको साथ शानदार प्रदर्शन भएको थियो ।
तुलशी चलचित्रलाई अवसर दिएकोमा फेस्टिबल अफ ग्लोब आयोजक, समूह, नेपाली चलचित्र हेर्ने दर्शक तथा माया गर्ने सबैलाई कृतज्ञता दिन चाहेको बताइन् ।
नायिका घिमिरेले यो चलचित्र आफूलाई पनि निकै जचेको र आफूले निकै मेहनत गरेकोले यो चलचित्र हृदयमा बसेको छ भनिन् ।
‘यो चलचित्र हेर्ने सबैले राम्रो लागेको आफुलाई जानकारी दिएका छन्’ उनले भनिन् ‘मेरो अन्य चलचित्र बिलाए पनि तुलशी कालजयी बनोस भन्ने मेरो भित्री चाहना छ ।’
गत अगस्ट ७ देखी १६ सम्म भै रहेको उक्त चलचित्र महोत्सव मा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिदैछ ।
उक्त महोत्सव मा हलिउडका प्रख्यात कलाकार ज्याक्की चन, स्यारोन स्टोन तथा बलिउडबाट बिध्या बालन, रानी मूखर्जी, गायक सोनु निगमलगायतको उपस्थिती हुने महोत्सवमा सुनील थापाको पनि उपस्थिति रहेको थियो ।
यसको साथै विश्वभरका कलाकार, पत्रकार, चलचित्र निर्माता, निर्देशक, लेखकहरु उपस्थित भएका छन् ।




















प्रतिक्रिया