काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।
गत भदौ २३ र २४ गतेको जनजी आन्दोलन सम्बन्धी घटनामा आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण रहेको दावी गर्दै सच्याउन माग गरिएको हो । ओलीको तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौँलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निवेदन बुझाएका हुन्।
निवेदनमा आयोगको उक्त निर्णय नेपालको संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दाबी गर्दै त्यसलाई पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ।
यस्तै ओलीले यसअघि आयोगसँग माग गरिएका कागजात तथा प्रतिवेदनका प्रतिलिपि पूर्ण रूपमा उपलब्ध नगराइएको भन्दै थप कागजात उपलब्ध गराउन पनि माग गरेका छन् ।
निवेदनको पूर्णपाठ–


















प्रतिक्रिया